गोरखाको चुमनुव्रीमा लाखौं मूल्यका स्याउ कुहिने अवस्थामा

भक्तपुर – गोरखाको चुमनुव्री गाउँपालिकामा ३० हजार बोटमा फलेका लाखौं मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन् । उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग गर्नुभयो । कृषि र पर्यटनको सम्भावना रहेको गोरखाको चुमनुव्री गाउँपालिकामा करोडौंको स्याउ बाटो नहुँदा बजारसम्म ल्याउन नसकेर कुहिने अवस्थामा पुगेकोप्रति सरकारको ध्यानाकर्षण हुनुपर्ने उहाँको भन...

Source : https://ujyaaloonline.com/story/107944/2024/10/19/apples-worth-millions-are-rotting-in-gorkha