रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल निर्माणको काम तीव्र

रामेछाप – रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बढीले खुर्कोटको झोलुङ्गे पुल र रामेछाप तर्फ पक्की पुल बगाउँदा सडकमार्गको सञ्जाल टुटेको थियो । सेनाले बेलिब्रिजको काम तीव्र पारेसँगै रामेछापतर्फको भाग गएको बुधवार नै जोडिएको थियो । पुलको भाग रामेछापतर्फ जोडिएको र त्यसको थप काम सकेर परीक्षण गरी गाडीको आवतजावत गर्न अब तीनदेखि पाँच दिनसम्म लाग्ने नेपाली सेनाले जानकारी दिएको छ । पुलमा पाता बिछ्याउने र...

Source : https://ujyaaloonline.com/story/107947/2024/10/19/construction-work-khurkot-bridge-fast