घट्यो अधिकांश बैंकहरुको ब्याजदर, सानिमाले भने बढायो

काठमाडौँ । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर औसत ०.२१ प्रतिशत विन्दुले घटेको छ ।

सार्वजनिक सूचनाका अनुसार कात्तिकमा सानिमा बैंकले भने व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर असोजको तुलनामा बढाएको छ ।
त्यस्तै १० बैंकले यस्तो ब्याजदर घटाएका छन् भने ९ बैंकले स्थिर राखेका छन् । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा कृषि विकास, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, प्राइम, सिटिजन्स, नबिल, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, एनआईसी एसिया र हिमालयन बैंक रहेका छन् ।

Source : https://arthasarokar.com/2024/10/bank-interest-5.html



Related Posts