चितवनको सौराहामा पुस ११ गतेदेखि हात्ती तथा पर्यटन महोत्सव हुने

काठमाण्डौ – चितवनको पर्यटकीय गन्तव्य सौराहामा १८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने भएको छ । महोत्सव आउँदो पुस ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने क्षेत्रीय होटल सङ्घ नेपाल चितवनले जनाएको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनका अध्यक्ष गंगा गिरीले महोत्सवमा हात्ती वनभोज, हात्ती फुटबल, हात्ती पोलो, हात्ती सुन्दरी प्रतियोगितालगायत झाँक्री प्रदर्शनी गरिने बताउनुभयो । महोत्सवमा चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया हुनुका साथै हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल ए...

Source : https://ujyaaloonline.com/story/109316/2024/11/27/elephant-tourism-festival-to-be-held-in-chitawan-