चितवनमा धान उत्पादन घट्यो

चितवन – गएको वर्षको तुलनामा यस वर्ष चितवनमा धान उत्पादन घटेको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष बर्खे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिक टन उत्पादन भएको छ । गएको वर्ष एक लाख १४ हजार २६९ दशमलव चार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष २७ हजार दुई सय ७० हेक्टरमा धानखेती भएको थियो । कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष उत्पादकत्वमा पनि कमी आएको छ । प्रतिहेक्टर ४ दशमलव १२ मेट्रिक टन उत्पादन भएको छ । पूर्वी चितवनका केही ठाउँमा सावा मन्सुली, सावित्री धानमा डट्टी पेनिकल, कालो पोके, राइस लिफ फोल्डर, गबा...

Source : https://ujyaaloonline.com/story/109107/2024/11/21/paddy-production-decreased-in-chitwan