चिनियाँ नागरिकसँग विवाह गराएको आरोपमा आठ जना पक्राउ

सुनसरी ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले चिनियाँ नागरिकसँग विवाह गराएको आरोपमा आठजनालाई पक्राउ गरेको छ।

उक्त कार्यालयका अनुसार, धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय शीतल गुरुङ, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको हो।

आरोपितलाई बिहीबार सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक रामचन्द्र तिमिल्सिनाले उनीहरू मानव तस्करीमा संलग्न रहेको आशंकामा अनुसन्धान थालिएको बताए।

Source : https://newsofnepal.com/2024/10/25/675152/