छिमेकीलाई ख्याल गरेर सबन्ध बढाउनु पर्छ: माधव नेपाल
काठमाडौँ ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले छिमेकीहरूलाई चिढाएर सम्झौता गर्न नहुने जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको पूर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूको सामूहिक छलफलमा सो कुरा बताएका हुन ।
‘कुनै पनि छिमेकी मुलुक प्रयोग गर्न दिनु हुन्न, असंलग्न परराष्ट्र नीति अनुसार सुमधुर सबन्ध राख्नु पर्छ, कुनै पनि सम्झौता गर्दा छिमेकी मुलुकको चासो प्रति पनि सम्मान गर्नुपर्छ,’ बैठकमा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले भने ।
आसन्न चीन भ्रमणको तयारीका बारेमा छलफल गर्नका लागि ओलीले आज बैठक बोलाएका थिए
सञ्चारकर्मीसँग पनि छोटो प्रतिक्रिया दिँदै शान्तिभुमीका देश भएकाले असंलग्न परराष्ट्र नीति अनुसार अघि बढ्नु पर्नेमा बैठकमा जोड गरेको उनले जानकारी दिएका छन् ।
‘हामीले राष्ट्ररहितलाई हेरेर काम गर्नुपर्छ, छिमेकीहरूको मनमा कुनै शंका छ भने त्यसलाई ध्यानमा राख्नुपर्छ, त्यो ख्यालमा राखेर नेपाल असंलग्न परराष्ट्र नीति अविचलित रूपमा उभिन्छ भन्ने सन्देश दिनु पर्छ,’ उनले भने, ‘कुनै पनि छिमेकी मुलुकहरूको विरुद्धमा नेपालको भूमि प्रयोग हुन दिनु हुँदैन ।’