जिल्ला अस्पतालमा १४०० सय बढी बालबालिकाको निःशुल्क सेवा लिए
संखुवासभा । संखुवासभाको जिल्ला अस्पतालमा १० वर्ष मुनिका एक हजार चार सय बढी बालबालिकाका निशुलक सेवा लिएका छन् । गत बर्ष देखि कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरुवात गरेको थियो ।
जिल्ला अस्पताल संखुवासभामा १० वर्ष मुनिका एक हजार चार सय २६ जना बालबालिकाको निःशुल्क उपचार लिएको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए । जिल्ला अस्पताल सङ्खुवासभामा एक बर्षको अवधीमा एक हजार चार सय २६ बालबालिकाले निःशुल्क सेवा लिएको सूचना अधिकारी खत्रीले बताए ।
निःशुल्क आकस्मिक सेवा लिनुपर्ने बिरामी बालबालिकाको स्थायी बसोबास भएको खुल्ने सरकारी कागजात हुनुपर्ने छ । कोशी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको योजना ल्याएको थियो ।
बालबालिकाको निःशुल्क उपचार सुविधा ५० बेडका अस्पतालहरुमा मात्र यो सेवा उपलब्ध रहेको थियो । जिल्ला अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा,बालरोग,सामान्य शल्यक्रिया,फिजियोथेरापि लगायतका सेवा संचालनमा छ । ५० बेड क्षमताको संखुवासभा अस्पताल समयमा भवन निर्माण सम्पन्न नहुदाँ २०३३ सालमा स्थापना भएको ३७ बेड क्षमताको पुरानो भवनमा सञ्चालन हुँदै आएको छ । जिल्ला अस्पतालमा संखुवासभाका १० वटा स्थानीय तहको मात्रै नभएर छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल आउने गरेका छन् ।
The post जिल्ला अस्पतालमा १४०० सय बढी बालबालिकाको निःशुल्क सेवा लिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104476/