सुन आयातमा लाग्ने भन्सार दर घटेसँगै बजारमा प्रभाव, मूल्य घट्न थालेपछि माग बढ्यो

काठमाण्डाै – सरकारले सुन आयातमा लाग्ने भन्सार दर घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ । सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष मणिरत्न शाक्यले मूल्य घटेपछि माग बढ्नु स्वाभाविक रहेको बताउनुभयो । पछिल्ला दुई दिनमा सुनको भाउ तोलामा १८ हजार पाँच सय रुपैयाँले घटेको छ । अस्ति आइतवा तोलाकाे एक लाख ६७ हजार दुई सयमा कारोबार भएकोमा हिजो घटेर ताेलाकाे एक लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज सुनकाे भाउ दुई हजार ६ सयले घटेर ताेलाक...

Source : https://ujyaaloonline.com/story/109299/2024/11/26/price-of-gold-fell-demand-increased