झण्डै एक हप्तादेखि अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमा
काठमाण्डौ – कम्प्युटर प्रणालीमा समस्या देखिएर अवरुद्ध भएको राहदानी वितरण सेवा हिजो बेलुकादेखि सञ्चालनमा आएको छ । राहदानी विभागले सूचना निकालेर गएको बुधवारदेखि अवरुद्ध भएको सेवा अब पूर्ण रुपमा सञ्चालन भएको जानकारी दिएको हो । सेवा सञ्चालन भएसँगै अत्यावश्यक परेर विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ । यसैगरी जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशमा रहेका नेपाली नियोगहरुमा क्रमशः सेवा विस्तार गरिने यसअघिको सूचनाअनुरूप काम भइ...
Source : https://ujyaaloonline.com/story/109268/2024/11/26/passport-service-resumes-operations-