डडेल्धुरामा रात्रिबस दुर्घटना, मृतक ४ जनाको सनाखत

डडेल्धुरा । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति करिब साढे ११ बजे डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा दुई महिला, एक पुरुष र एक बच्चाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २० वर्षीया कमला बोहरा, उनका नाबालक छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेका छन् । 

दुर्घटनामा १२ जना घाइते भएका छन् । गम्भीर घाइते रहेका बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ भने अन्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बस सडकबाट करिब साढे तीन सय मिटर तल खसेको र दुर्घटनाको कारण ’bout अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

The post डडेल्धुरामा रात्रिबस दुर्घटना, मृतक ४ जनाको सनाखत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102282/