तस्विरमा हेर्नुहोस् भाइटिका पर्खिरहेका ढकमक्क फूलहरु… (तस्विरहरु)

काठमाडौँ । काभ्रेको सुनथान गाउँ व्यावसायिक रूपमा लगाइएका सयपत्री र मखमली फूल ढकमक्क भएको छ । काठमाडौँ आसपासका किसानहरूले तिहारलाई लक्षित गरी सयपत्री र मखमली लगाएका थिए ।

फूल फूलेसँगै किसानहरूले ती फूलहरु बजारसम्म ल्याउन थालेका छन् । सयपत्री फूल माला तथा थुंगाको रूपमा बिक्री हुन्छ भने मखमली फूल माला बनाएर बिक्री गर्ने गरिन्छ ।

तिहारमा दिदिबहिनिहरुले दाजुभाईको दिर्घायुको कामना गर्दै गालामा सयपत्री, मखमली र गोदावरी फुलको माला लगाईदिने गर्दछन् । तिहारको समयमा उपत्यकालगायत देशभर सयपत्री, गोदावरी र मखमली फूलको खपत बढ्छ । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः

Source : https://arthasarokar.com/2024/10/flower-9.html



Related Posts