तिहारमै झिलिमिली बत्तीसहितका विद्युतीय सामग्रीको व्यापारमा कमी

काठमाण्डाै – तिहारको बेलामा नै विद्युतीय सामग्रीको व्यापारमा कमी आएको व्यवसायीहरूले बताएका छन् । पोहोरकै विद्युतीय सामग्री बिक्री नभएकाले यस वर्ष नयाँ सामग्री खासै नकिनेको व्यवसायीहरूको भनाइ छ । तिहारमा धेरै बिक्री हुने भनेको झिलिमिली बत्ती हो । नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेशमप्रसाद देवकोटाले बजारको अवस्था कमजोर रहेको बताउनुभयो । उहाँका अनुसार विगतका वर्षहरूमा झैँ यस वर्ष विद्युतीय सामग्रीको व्यापार छैन । कोलकताबाट वीरगञ्ज नाका हुँदै भारतबाट आउने सामान आइसकेको भए पनि तातोपानी र केरुङ ना...

Source : https://ujyaaloonline.com/story/108273/2024/10/28/decline-in-trade-of-electronic-materials-in-tihar