दक्षिण अफ्रिकाका तीव्र गतिका बलर डे लाङ्गाले चितवन राइनोजबाट खेल्ने

काठमाण्डाै – दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मर्स्यान्ट डे लाङ्गाले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । दक्षिण अफ्रिकाका ३४ वर्षीय बलर लाङ्गालाई टोलीमा अनुबन्ध गरेको चितवन राइनोजले जनाएको छ । उनले १ सय ५१ टी–२० क्रिकेटमा १ सय ६६ विकेट लिएका छन् । उनले राष्ट्रिय टोलीबाट भने धेरै खेल खेल्ने मौका पाएका छैनन् । मर्स्यान्ट डे लाङ्गाले इन्डियन प्रिमियर लिग (आईपीएल), द हन्ड्रेड, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगायतका चर्चित फ्रेन्चाइजी लिग पनि खेलिसकेका छन् । चितवन राइनोजमा अनुब...

Source : https://ujyaaloonline.com/story/108137/2024/10/24/marchant-de-lange-play-npl-form-chitwan-rhinos