दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर जोन्टी रोड्स पोखरा एभेन्जर्समा आबद्ध

काठमाण्डाै – विश्व क्रिकेटमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका दिग्गज खेलाडी जोन्टी रोड्स नेपाल प्रिमियर लिग (एनपीएल) को टोली पोखरा एभेन्जर्समा तीन वर्षको सम्झौतासहित आबद्ध भएका छन् । जोन्टी रोड्सलाई परामर्शदाता र सल्लाहकारका रूपमा नियुक्त गरेको पोखरा एभेन्जर्सले जनाएको छ । जोन्टीलाई आफ्नो टोलीमा पाउँदा निकै उत्साहित भएको र उनको अनुभवले युवा खेलाडीको क्षमता वृद्धि गर्न सहयोग पुर्‍याउने पोखरा एभेन्जर्सका सञ्चालक मनोबल श्रेष्ठले बताएका छन् । दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर जोन्टी रोड्सले इन्डियन प्रिमियर लिग (...

Source : https://ujyaaloonline.com/story/108158/2024/10/25/jonty-rhodes-joined-pokhara-avengers-in-npl