दाङमा दशैँ अवधिमा ४८ जना जुवाडे पक्राउ

दाङ – दाङमा दशैँको अवधिमा ४८ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले असोज महिनामा १२ दिनको अवधिमा जुवा खेल्ने र खेलाउने ४८ जनालाई पक्राउ गरेको हो । असोज १६ गतेदेखि २७ गतेसम्म जुवा खेलेको र खेलाएको आरोपमा ४८ जनालाई पक्राउ गरेको र जुवाको खालबाट पाँच लाख २७ हजार ६ सय १० रुपैयाँ बरामद भएको छ । प्रहरीकाअनुसार असोज १६ गते ७ जना पक्राउ पर्दा ५८ हजार चार सय ५५ रुपैयाँ बरामद भएको छ । यस्तै असोज १८ गते आठ जना पक्राउ गर्दा एक लाख ७२ हजार पाँच सय ८५, असोज २२ गते पाँच जना पक्राउ पर्दा ७० हजार ए...

Source : https://ujyaaloonline.com/story/107940/2024/10/19/48-gamblers-arrested-in-dang-during-dashain