दिल्लीबाट काठमाण्डाै आएकाे विमानमा शङ्कास्पद वस्तु फेला परेन, उडान नियमित

काठमाण्डाै – भारतको विमान सेवा कम्पनी भिस्तारा एअरको विमानमा कुनै शङ्कास्पद वस्तु फेला नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो । विमानमा कुनै पनि शङ्कास्पद वस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित रूपमा सञ्चालन भइरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो । उहाँले विमानमा शङ्कास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त घोषणा गरिएको बताउनुभयो । ‘विमानको बाहिरी,...

Source : https://ujyaaloonline.com/story/108069/2024/10/23/no-suspicious-items-were-found-on-vistara-plane