साफ महिला च्याम्पियनसिपमा आज भारत र बङ्गलादेश भिड्दै

काठमाडौं । 

साफ महिला च्याम्पियनसिप अन्तर्गत आज भारत र बङ्गलादेश आमने सामने हुँदै छन्। दशरथ रङ्गशालामा हुने यो खेल नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि सुरु हुने छ ।

समूह ए अन्तर्गतको यो खेल बङ्गलादेशका लागि महत्त्वपूर्ण रहेको छ । भारत यस समूहबाट सेमिफाइनलमा पुगिसकेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेपछि सेमिफाइनलमा पुग्ने निश्चित भएको हो । त्यस्तै आफ्नो पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको बङ्गलादेश भारतसँग २ भन्दा बढी गोल अन्तरले पराजित नभएमा पनि सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ ।

अहिले शून्य गोल अन्तरसहित एक अङ्क हासिल गरेको बङ्गलादेश दोस्रो स्थानमा छ भने -३ गोल अन्तरसहित एक अङ्क हासिल गरेको पाकिस्तान तेस्रो स्थानमा रहेको छ। बङ्गलादेश पाकिस्तानसँग १-१ गोलले बराबरीमा रोकिएका थिए भने भारतले पाकिस्तानलाई ५-२ ले पराजित गरेको थियो।

Source : https://newsofnepal.com/2024/10/23/674804/