नेपाल इन्भेष्टमेन्ट मेगासहित दुई बैंक राष्ट्र बैंकको कारबाहीमा 

काठमाडौँ । दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । नियम उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारबाही गरेको हो । 

राष्ट्र बैंकका अनुसार बैंक खाता खोल्दा/सञ्चालन गर्दा पर्याप्त सावधानी नअपनाएको भन्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारबाही गरिएको हो । बैंकलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, प्रभु बैंकलाई लकर रोक्का राख्न दिइएको निर्देशन पालना नगरेको भन्दै सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । 

यसअघि राष्ट्र बैंकले फाइनान्स कम्पनीतर्फ रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, जानकी फाइनान्स र गोर्खाज फाइनान्सलाई कारबाही गरेको थियो भने विकास बैंकतर्फ सिन्धु विकास बैंक, सालपा विकास बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको थियो । 

Source : https://arthasarokar.com/2024/10/nrb-159.html