नेपाल प्रहरीका २८ कर्मचारी गायब

काठमाडौं– नेपाल प्रहरीमा कार्यरत २८ कर्मचारी सम्पर्कविहीन बनेका छन् । कार्यालयमा जानकारी नगराई केही समयदेखि आफूखुसी गैरहाजिर रहेको र खोजतलास गर्दा सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयको कानुन शाखाले ७ दिने सूचना निकालेको छ ।

सोमबार सूचना निकाल्दै ७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन प्रहरीले चेतावनी दिएको छ । सो समयमा सम्पर्कमा नआएमा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कारबाही हुने कार्यालयले जनाएको छ ।

 

Source : https://onlinetvnepal.com/2024/11/186719/