पदभार ग्रहण लगत्तै बोर्ड अध्यक्ष श्रेष्ठले दिए एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासनको स्वीकृति 

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासनको स्वीकृति दिएको छ । बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदभार ग्रहण गरेको पहिलो दिनमै बोर्डले बैंकको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको हो । 

बैंकले बोर्डसँग गत असारमै ऋणपत्र निष्कासनका लागि अनुमति मागेको थियो । तर, बोर्डमा अध्यक्ष नहुँदा ऋणपत्र निष्कासनको प्रक्रिया रोकिएको थियो । 

अहिले भने बोर्डमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएर बुधबार पदभार ग्रहण गरेलगत्तै बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिइएको छ । योसँगै अब बैंकले १० वर्षे अवधिका लागि ७.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नेछ । 

ऋणपत्र निष्कासनका लागि बैंकले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरिसकेको छ ।

Source : https://arthasarokar.com/2024/11/after-assuming-office-board-chairman-shrestha-gave-approval-to-issue-bonds-to-everest-bank.html



Related Posts