पूर्णबहादुरको सारंगीका निर्माता र प्रकाश सपुतबीच खटपट

काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारंगी’को प्रचारमा अभिनेता प्रकाश सपुतले समय नदिएको भन्दै यो चलचित्र निर्माता बिनौद पौडेल र निर्देशक सरोज पौडेलले दुःख व्यक्त गरेका छन् । यही १५ कात्तिकबाट रिलिज नहुने यो चलचित्रको काठमाडौंमा आयोजित ट्रेलर रिलिज समारोहमा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

‘हामीले प्रकाश सपुतलाई फोन र एसएमएस पनि पठाएका हौं तर उहाँ सम्पर्कमा नआउनु भएका कारण आज ट्रेलर रिलिज समारोहमा प्रकाशजीलाई उपस्थित गराउन सकिएन । कलाकार भएपछि छायाँकन मात्र नगरेर प्रचार प्रसारमा पनि साथ दिनु पर्ने हाम्रो आग्रह छ ।’ यसका निर्माता बिनोद पौडेलले कार्यक्रममा भने ।

प्रकाश सपुत र यो चलचित्रका निर्माताहरुबीच भएको एउटा सहमतीलाई निर्माताहरुले भँग गरेपछि यस्तो अबस्था आएको निर्माता पौडेलले स्विकारे । राजधानीको प्रश्नमा निर्माता पौडेलले सो सम्झौता’bout भने,‘यतिबेला प्रकाशजीले छायाँकन गरिरहेको चलचित्र बसन्त आगामी चैतमा रिलिज गरेपछि मात्र पूर्णबहादुरको सारँगीलाई रिलिज गर्ने हामीबीच मौखिक सम्झौता भएको थियो । तर यो चलिचत्र निर्माण भएर त्यसको लागि अझै ८ महिना कुर्नुपर्दा ठुलो व्याज तिर्नु पर्ने अबस्था आयो ।’ त्यसैले प्रकाशलाई सोधेर आफुहरुले कात्तिकमै यसलाई रिलिज गर्न लागेको निर्माता पौडेलले बताए ।

चलचित्रको स्वराँकनपछि निर्माणपक्षको सम्पर्कमा नआएका यो चलचित्रका अभिनेता प्रकाश सपुतले फेसबुकमा एक सूचना लेख्दै आफुु चलचित्र बसन्तको काममा व्यस्त भएको जनाएका छन् । सोही कारण आफु यो चलचित्रको ट्रेलर रिलिजमा नआएको उनको जवाफ रहेको छ ।

आफ्नो चलचित्रको छायाँकन तिहारपछि मात्र सकिने भएकाले पूर्णबहादुरको सारँगीको प्रचारप्रसारमा अब पनि समय दिन नसक्ने प्रकाशले स्पष्ट पारेका छन् । आफु र निर्माताबीच भएको सम्झौता भँग भएकोमा यी अभिनेताले चित्त दुखाएका छन् । तथापि सो चलचित्रको ट्रेलर आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले सफलताको कामना व्यक्त गरेका छन् ।

साथै यो चलचित्रको आफु मुख्य नायक नभएर आफ्नो बुबा बनेका बिजय बराल भन्दा दोश्रो स्थानको भूमिकामा रहेको पनि प्रस्ट्याएका छन् ।

The post पूर्णबहादुरको सारंगीका निर्माता र प्रकाश सपुतबीच खटपट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102456/