प्रभु बैंकको नाफा एक अर्बमाथि

काठमाडौँ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफा ०.६२ प्रतिशतले बढेको छ । यसअवधिमा बैंकले कुल १ अर्ब ४ करोड खुद नाफा आर्जन गरेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पहिलो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी ३.१६ प्रतिशतले बढ्दा सञ्चालन नाफा भने ८.९२ प्रतिशतले घटेको छ ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ करोड ४७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ३२ करोड ५१ लाख रुपैयाँ थियो ।

प्रभुको प्रतिसेयर आम्दानी ११ पैसाले मात्र बढेर १७ रुपैयाँ ६८ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ९३ पैसा छ ।

Source : https://arthasarokar.com/2024/10/prabhu-bank-118.html



Related Posts