बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला

काठमाण्डौ – काठमाण्डौको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला भएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज मन्दिर खुला हुने गरेको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्छ । दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुन्छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त मन्दिर २०७७ सालमा पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिएको हो । यस्तै काठमाण्डौको जयव...

Source : https://ujyaaloonline.com/story/108426/2024/11/3/balagopaleshwar-temple-open-early-morning-today