बिहीबार १८.२५ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १७ कम्पनीको एक करोड २२ लाख ८३ हजार ६ सय २३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनएलजी इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ३४ करोड ३१ लाख २० हजार ६ सय ५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, बिहिबारको बजारमा नेपाल एसबिआइ बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मुल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, रावा इनर्जीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

Source : https://arthasarokar.com/2024/10/share-market-411.html