बीपी राजमार्गमा चौबीसैघण्टा गाडी चलाउन मिल्ने

काठमाण्डौ – बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेँसीसम्म चौबीसै घण्टा गाडी चलाउन मिल्ने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले हिजो सूचना निकालेर धुलिखेल–भकुण्डेबेँसी सडक खण्डमा चौबीसै घण्टा गाडी चलाउन मिल्ने जनाएको हो । यसअघि असोज दोस्रो हप्ताको अविरल वर्षापछिको बाढीपहिरो कारण क्षति भएको बीपी राजमार्गअन्तर्गको धुलिखेल–भकुण्डेबेँसी–बर्खेखोला सडक खण्डमा बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म गाडी सञ्चालनमा रोक लगाइएको थियो । सडक डिभिजन कार्यालयले सुक्खा पहिरो खस्न सक्ने तथा काभ्रेपलाञ्चोकको नमोबुद्धक...

Source : https://ujyaaloonline.com/story/108098/2024/10/24/24-hour-drivability-on-bp-highway-