तीन महिनामा आयात र निर्यात घट्यो

काठमाण्डौ – चालु आर्थिक वर्षको तीन महिनामा नेपालको आयात–निर्यातमा कमी आएको छ । भन्सार विभागका अनुसार गएको आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा आयात ४ दशमलव १७ प्रतिशत र निर्यात ६ दशमलव ११ प्रतिशतले घटेको हो । गएको वर्षको असोज मसान्तसम्म चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएकोमा चालु आर्थिक वर्षको यसै अवधिमा तीन खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको विभागले जनाएको छ । त्यसैगरी चालु आर्थिक वर्षको तीन महिनामा ३८ अर्ब ३७ ...

Source : https://ujyaaloonline.com/story/108109/2024/10/24/imports-and-exports-fell-in-three-months-