वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई अब १० लाख रुपैयाँ राहत

काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकका आश्रित परिवारलाई दिइने राहत रकम ७ लाखबाट १० लाख रुपैयाँ पुर्‍याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्ने क्रममा यस्तो जानकारी दिनुभएको हो । बिरामी उपचार खर्च पाएर ज्यान गुमाएकाका परिवारलाई पनि सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । यसअघि बिरामी उपचार पाइसकेपछि ज्यान गुमाएका श्रमिकका परिवारलाई क्षतिपूर्तिबापत राहत रकम दिने व्यवस्था थिएन । गएको असोज १८ गते बसेको मन्त्रि...

Source : https://ujyaaloonline.com/story/108108/2024/10/24/relief-of-rs-10-lakh-to-the-families-