बुधबार २०.४१ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २४ कम्पनीको एक करोड ५७ लाख ४२ हजार ५ सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब २७ कारोबारमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आइसीएफसी फाइनान्सको भएको छ । यस कम्पनीको ४३ करोड ४४ लाख ४३ हजार ६ सय २१.८० रुपैयाँ बराबरको कारोबार भएको हो । आइसीएफसीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यस्तै, आजको बजारमा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानिकार्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Source : https://arthasarokar.com/2024/10/nepse-393.html



Related Posts