मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय काठमाण्डौको आग्रह

काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सूचना निकालेर चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक ठाउँमा होहल्ला तथा झैझगडा गर्ने, सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गर्नुभएको हो । उहाँले कानुन विपरीत जुवातास, लङ्गुर बुर्जा खेल्ने/खेलाउने, भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने, वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार...

Source : https://ujyaaloonline.com/story/108150/2024/10/25/request-to-celebrate-festival-in-dignified-manner-