मस्कद्वारा ट्रम्पको अभियानलाई तीन महिनामा १० अर्ब रुपैयाँभन्दा धेरै सहयोग

विश्वकै धनी अमेरिकी अर्बपति एलन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार एवम् पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अभियानका लागि ७५ मिलियन डलर रकम दिनुभएको छ । एलन मस्कले डोनाल्ड ट्रम्पको समर्थक अभियान समूह अमेरिका पीएसीलाई तीन महिनामा झन्डै ७५ मिलियन डलर अर्थात् १० अर्ब रुपैयाँभन्दा धेरै रकम दिनुभएको बीबीसीले जनाएको छ । सरकारी जाँचका क्रममा यो तथ्य पत्ता लागेको हो । अमेरिकी राष्ट्रपतिको चुनाव जित्ने रिपब्लिकन उम्मेदवारको प्रयासमा अर्बपति कसरी महत्त्वपूर्ण भएका छन् भन्ने कुरा देखाएको खबरमा उल्लेख छ । गएको जुलाईमा ट्रम्पमाथि भएको आक्रमणपछि ...

Source : https://ujyaaloonline.com/story/108054/2024/10/22/musk-donates-10-billion-donald-trump-campaign