महानगरले इमेलमार्फत एमालेलाई पठायो जरिवानाको पत्र

काठमाडौं । 

काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई जरिवाना पत्र इमेल र हुलाकमार्फत पठाएको छ । 

 भौतिक रुपमा एमालेले जरिवाना पत्र बुझ्न अस्वीकार गरे पछि आज महानगरपालिकाले हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाएको हो । 

हिजो एमाले मुख्यालय पुगेको महानगरको टोलीको पत्र भौतिक रूपमा एमालेले बुझ्न अस्वीकार गरेको थियो ।

जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझेको थिएन । 

 महानगरपालिकाले दरबारमार्ग फोहोर गरेको भन्दै १ लाख जरिवाना गराएको हो । तर, एमालेले त्यसलाइ स्टन्डबाजी भनेर अस्वीकार गर्दै आएको छ ।

Source : https://newsofnepal.com/2024/11/25/679929/



Related Posts