महिला टी–२० विश्वकप 'टिम अफ द टुर्नामेन्ट' मा न्युजिल्यान्ड र दक्षिण अप्रिकाका ३/३ जना खेलाडी

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को 'टिम अफ द टुर्नामेन्ट' घोषणा गरेको छ । उपाधि विजेता न्युजिल्यान्डका तीन जना खेलाडी आईसीसी महिला टी–२० विश्वकपको 'टिम अफ द टुर्नामेन्ट' मा परेका छन् । न्युजिल्यान्डबाट मेली केर, रोजमेरी मेर र इडेन कार्सन रहेका छन् । मेलीले प्रतियोगिताभरि १ सय ३५ रन बनाउनुका साथै १५ विकेट लिएकी थिइन् । यस्तै मेरले १० विकेट र कार्सनले ९ विकेट लिएका थिए । यसैगरी 'टिम अफ दु टुर्नामेन्ट' मा उपव...

Source : https://ujyaaloonline.com/story/108040/2024/10/22/women-t20-world-cup-2024-team-of-the-tournament