माउन्टेन फ्लाइटमा प्राविधिक समस्या आएपछि काठमाडौंमा आकस्मिक अवतरण

समाचार सुन्नुहोस : 

काठमाडौँ – बुद्ध एयरको माउन्टेन फ्लाइटमा प्राविधिक समस्या आएपछि बिहीबार काठमाडौंमा आकस्मिक अवतरण गरिएको छ। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले उडान नम्बर १०० को जहाज ९ एन-एजेएसको दायाँ इन्जिनमा समस्या देखिएको जानकारी दिएका छन्।

उनका अनुसार माउन्टेन फ्लाइटका क्रममा केही समस्या देखिएपछि जहाजलाई सुरक्षित रूपमा काठमाडौंमै अवतरण गराइएको हो। प्राविधिक टोलीले हाल समस्या जाँच गरिरहेको छ।

बिहीबारका लागि पाँच वटा माउन्टेन फ्लाइटको योजना रहेको भए पनि मौसम प्रतिकूल भएको कारण सबै उडान रद्द गरिएको कर्णले जानकारी दिए। माउन्टेन फ्लाइट पर्यटकलाई हिमाली दृश्य देखाउनका लागि गरिन्छ। काठमाडौंबाट उडान गरी पुन: काठमाडौंमै अवतरण गराइन्छ।

The post माउन्टेन फ्लाइटमा प्राविधिक समस्या आएपछि काठमाडौंमा आकस्मिक अवतरण appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493042/