मिथिलाक्षेत्रमा विवाहपञ्चमी महोत्सवको तयारी

काठमाण्डौ – मिथिलाक्षेत्रको सांस्कृतिक महोत्सव मानिने विवाहपञ्चमीको तयारी शुरु भएको छ । सप्ताहव्यापी मनाइने रामजानकी विवाह महोत्सवको लागि मधेस प्रदेश सरकारले कार्यदल नै बनाएर तयारी थालेको हो । मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको नेतृत्वमा समिति गठन भएको गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जानकारी दिनुभयो । समितिले महोत्सवका कार्यक्रमको रुपरेखा तयार गर्नसँगै अयोध्याबाट आउने जन्तीको स्वागत, खानपान तथा बसोबास व्यवस्थापन र आम श्रद्धालु बस्न सक्ने ठाउँको व्यवस्थापनबारे...

Source : https://ujyaaloonline.com/story/108149/2024/10/25/preparations-for-bibahpanchami-festival-in-madhes-