अमेरिकी युवा क्रिकेटर ट्रोम्पले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

काठमाण्डौ – अमेरिकाका युवा क्रिकेटर जोशुआ ट्रोम्पले जनकपुर बोल्ट्सबाट नेपाल सुपर लिग (एनपीएल) खेल्ने भएका छन् । जनकपुरले सामाजिक सञ्जालमार्फत जोशुआलाई दोस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको जनाएको छ । १९ वर्षीय ट्रोम्प अलराउन्डर हुन् । अमेरिकाको मेजर क्रिकेट लिगमा टेक्सास सुपर किंग्सबाट खेल्ने जोशुआले ८ टी–२० क्रिकेट खेलेका छन् । टेक्सास सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली चेन्नई सुपर किंग्सको स्वामित्वमा रहेको टोली हो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने आठ वटा टोली सहभागी एनपीएल आउ...

Source : https://ujyaaloonline.com/story/108157/2024/10/25/american-cricketer-joshua-tromp-will-play-npl-