मुस्ताङमा २ जना विदेशी नागरिकको ज्यान गयाे

म्याग्दी – मुस्ताङको छुट्टाछुट्टै ठाउँमा आज एक पर्यटक र एक तीर्थयात्री गरी दुई जना विदेशी नागरिकको ज्यान गएकाे छ । थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा भारतीय नागरिकको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर बोगटीले थाङसारको होलिडे क्याम्प होटलको शयन कक्षमा अचेत अवस्थामा भेटिएका अमेरिकाका ६३ वर्षीय मिलो गोलसेगरलाई जोमसोम अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जानकारी दिनुभयो । मुक्त...

Source : https://ujyaaloonline.com/story/108171/2024/10/25/2-foreign-nationals-died-in-mustang