अभियान्ता आशिका तामाङविरुद्ध उजुरी

धादिङ ।

धादिङकी आशिका तामाङ विदेशी नागरिकसँग विवाह गरेर नेपाल आएपछि राजमार्ग क्षेत्रका होटलवालाहरुलाई आतंक सिर्जना गरेको भन्दै जिल्ला होटल संघ धादिङले शाशिलका तामाङ विरुद्ध जिल्ला प्रशासन कार्यालय धादिङमा शुक्रबार उजुरी दिएको छ ।

राजमार्गका विभिन्न होटलहरुमा आई अमर्यादित रुपमा प्रस्तुत भएर होटलवालाहरुलाई अनावश्यक थर्काउने, गाली गलौज गर्ने र लान्छाना लगाउने कार्य गरेको भन्दै आशिका तामाङलाई पक्राउ गरी कानून विपरित गरिएको आतंकपार्ने कार्य बन्द गर्न प्रमुख जिल्ला अधिकारी समक्ष माग गर्दै उजुरी दिइएको हो ।

जिल्ला होटल संघका अध्यक्ष रामशरण सिलवालले हस्ताक्षर गरि गरिएको उजुरी दिन जिल्लाका होटल व्यवसायिहरु सहभागि भएका थिए ।

अनुगमन गरेर कारबाही गर्ने जिम्मा सरकारको जिल्ला अनुगमन समितिको भएको र अनुगमन समेत भइरहेको छ । सरकारको निकायले गरेको अनुगमन र कारबाही समेत होटल व्यवसायिलाई मान्य भएको तर कानून विपरित कुनै व्यक्तिले आफूहरुमाथी गरेको ज्यादती सहन नसकेर उजुरी दिएको जिल्ला होटल संघका अध्यक्ष रामशरण सिलवालले बताए ।

होटलसंघको उजुरी पछि जिल्ला प्रशासन कायाृलय पुगेका आशिका तामाङ र उनको टिमलाईप्रमुख जिल्ला अधिकारी सुमन घिमिरे टोलीले भेटेर सम्झाएर छाडिएको छ ।

Source : https://newsofnepal.com/2024/10/25/675258/