रवि कारागार पुगेपछि तोसिमालाई कैदीहरूको चिन्ता

काठमाडाैं – सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का सभापति रवि लामिछाने अहिले कास्की जिल्ला कारागार कास्कीमा छन् । बिहीबार सभापति रवि लामिछानेलाई थप सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

आफ्ना सभापति कारागार पुगेपछि मात्रै रास्वपाकी सांसद तोसिमा कार्कीलाई कैदीहरुको चिन्ताले पिरोलेको छ । उनले देशभरका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारमा डेङ्गु नियन्त्रणका लागि धूप तथा लिक्युड पठाउन गृहमन्त्रीलाई आग्रह गरेकी छिन् ।

शुक्रबार सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘माननीय गृहमन्त्रीज्यू, देशैभरी मध्ये कास्कीमा डेङ्गुको सबैभन्दा धेरै सङ्क्रमण छ । कास्कीको ७५०० भन्दा बढी केस भएकोमा ६४०० भन्दा बढी त पोखरा महानगरमै रहेछ । कारागारमा थुनिएकाहरूको चाहिँ स्वास्थ्य सुरक्षा हेर्न नपर्ने हो र ? एउटा लामखुट्टे भगाउने धूप या लामखुट्टे भगाउने लिक्विडसम्म दिइएको रहेनछ । गृहमन्त्रीज्यूलाई अनुरोध गर्छु।  यथाशीघ्र देशभरिका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारहरूमा डेङ्गु नियन्त्रणका उपायहरू अपनाउने, लामखुट्टे भगाउने धूप तथा लिक्युड प्रदान गर्ने व्यवस्था गरियोस् । थुनामा रहेका तथा कारागारमा रहेकाहरू पनि नागरिक हुन् ।’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

The post रवि कारागार पुगेपछि तोसिमालाई कैदीहरूको चिन्ता appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493879/



Related Posts