रवि लामिछानेको बचाउमा रास्वपाको काठमाण्डौ केन्द्रित आन्दोलन शुरू

काठमाण्डाै – सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको बचाउमा प्रदर्शन गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता/कार्यकर्ताले आजदेखि काठमाण्डौ केन्द्रित आन्दोलन थालेका छन् । उनीहरूले आज माइतीघरमा प्रदर्शन गरेका छन् । लामिछानेलाई काठमाण्डौमा पक्राउ गरेर पोखरा पुर्‍याएकै दिनदेखि पोखरामा प्रदर्शन गर्दै आएका रास्वपाका नेता/कार्यकर्ताले आजदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन शुरू गरेका हुन् । पक्राउ परेको दोस्रो दिन पनि काठमाण्डौमा प्रदर्शन भएको थियो । आजको विरोध प्रदर्शनमा रास्वपाका उपसभापतिदेखि...

Source : https://ujyaaloonline.com/story/108172/2024/10/25/rsp-kathmandu-centric-movement-for-ravi