रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइयो

काठमाण्डौ – सहकारी ठगी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि रास्वपाका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई अदालत उपस्थित गराइएको हो । अस्ति शुक्रवार काठमाण्डौको पार्टी कार्यालयबाट पक्राउ परेका उनलाई त्यसैदिन मध्यराति पोखरा लगिएको थियो । हिजो शनिवार सार्वजनिक बिदा परेका कारण आज अदालतमा उपस्थित गराइएको हो । सहकारी...

Source : https://ujyaaloonline.com/story/107982/2024/10/20/ravi-lamichhane-produced-in-district-court-kaski