रुपन्देहीमा बढ्यो चोरी, ११ लाख बढीका सामान बरामद

बुटवल ।


जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट भन्सार छलीका करिव साढे ११ लाख बढीका सामाना बरामद गरेको छ ।

ओमसतिया गाउँपालिका वडा नं. ४ बालापुरमा चेकजाँच गर्दा भारतबाट ल्याइएको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको हो ।

प्रहरीका अनुसार ११ लाख ५१ हजार ८ सय बराबरको ३० वटा आईफोन, ७० जोडी जुत्ता, ८ कार्टुन चकलेट, ४ बोरा बुकि पेपर, र ७० केजी ताजा फूल तथा फूलका बिरुवा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी लक्ष्मी खनालले बताए ।

प्रहरीले आवश्यक कारवाहीका लागि बरामद सामानलाई भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइसकेको छ ।

Source : https://newsofnepal.com/2024/10/22/674681/