रुसद्वारा  युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण

काठमाडौँ ।

 रुसले युक्रेनमा इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल वा आईसीबीएम पनि प्रहार गरेको छ।

युक्रेनको वायुसेनाले रुसले अस्त्रखान क्षेत्रबाट इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल वा आईसीबीएम पनि प्रहार गरेको जानकारी दिएको छ । युक्रेनी वायुसेनाले पनि डिनिप्रो क्षेत्रलाई लक्षित गरी आक्रमणमा विभिन्न प्रकारका मिसाइलहरू प्रयोग गरिएको बताएको छ ।

युक्रेनमा रुसले  इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलमार्फत युक्रेनमा आक्रमण गरेको यो पहिलो पटक हो । यी क्षेप्यास्त्रहरू हजारौं किलोमिटर टाढा जान सक्षम छन् ।

तर, रुसले भने यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ । युक्रेनको सेनाले आक्रमणको क्रममा छ वटा केएच-१०१ क्रुज मिसाइलहरू खसालेको बताएको छ ।

केही दिनअघि मात्रै अमेरिकाले युक्रेनलाई रुसमाथि आक्रमण गर्न पठाएको लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति दिएको थियो । युक्रेनले पनि यसै साता रुसमाथि यी मिसाइलहरू आक्रमण गरेको बताइएको छ । त्यसपछि रुसले यो हमला गरेको हो ।

Source : https://newsofnepal.com/2024/11/21/679348/