रुस–युक्रेन युद्ध झनै खराब अवस्थामा, रुसले आणविक हतियार प्रयोग गर्ने चिन्ता
रुसले युक्रेनी भूमिमा प्रवेश गरेर आक्रमण थालेको एक हजार दिन पूरा भएको छ । एक हजार दिन लगातार चलेको युद्ध समाधानभन्दा झनै बढ्ने सङ्केतहरू देखिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।आक्रमण शुरू गरेको हजार दिन पुगेकै दिन हिजो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संशोधित आणविक सिद्धान्तमा हस्ताक्षर गर्नुभएको छ । रुसको नयाँ नीति युक्रेन युद्धमा आणविक हतियारको प्रयोग गर्ने तयारीका रूपमा रहेको बीबीसीले उल्लेख गरेको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकामा बनेका लामो दूरीका क्षेप्यास्त्र रुसी भूम...
Source : https://ujyaaloonline.com/samachar/109063/2024/11/20/russia-ukraine-war-is-in-an-even-worse-state