कुलमानले विद्युत लाइन काटेर देशको अर्थतन्त्र चौपट बनाउन खोजेको प्रधानमन्त्री ओलीको आरोप

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत लाइन काटेर देशको अर्थतन्त्र चौपट बनाउन खोजेको आरोप लगाएका छन् ।

आज (शुक्रबार) एमालेले दरबारमार्गमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले कूलमानले विद्युत महशुल उठाउनेतर्फ कुनै चासो नदिएर उद्योगहरुको लाइन काट्दै हिँडेको आरोप लगाएका हुन् ।

‘बक्यौता नउठाउने, अनि विद्युतको लाइन काट्ने ? अहिले सरकारले भनिरहेको छ ‘बक्यौता उठाउ । विद्युत महशुल आयोगले जे भनिरहेको छ, त्यसअनुसार, टीओडी मिटर, दैनिक खपत गरेको विद्युतको मिटरमा आएको हुन्छ । त्यो मिटरको बिलअनुसार पैसा असुल गर, तुरुन्त असुल गर । लाल आयोग बन्यो, लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर । महशुल नउठाउने, अनि विद्युतको लाइन काटेर देशको अर्थतन्त्र, देशको उद्योगहरुलाई बन्द गरिदिने, मजदुरहरुलाई बेरोजगार बनाइदिने, निर्यात चौपट बनाइदिने, उत्पादन खत्तम बनाइदिने यस प्रकारका षड्यन्त्रहरु भइराखेको छ,’ प्रधानमन्त्री ओलीले भने ।

 

Source : https://onlinetvnepal.com/2024/11/186605/