ललितपुरकाे जावलाखेलमा गोदावरी फूल प्रदर्शनी शुरू

काठमाण्डौ – ललितपुरको जावलाखेलमा आजदेखि १७ औं गोदावरी फूलको प्रदर्शनी शुरू भएको छ । पुष्प व्यवसायको व्यावसायिक विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले तिहार लक्षित प्रदर्शनी आयोजना गरेको फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष दिलिप बादेले बताउनुभयो । तिहारका बेला प्रत्येक वर्ष जावलाखेलमा गाेदावरी फूलकाे प्रदर्शनी हुँदै आएको छ । कार्यक्रममा गोदावरी फूलका नयाँ प्रजातिका फूल र बिरुवाको प्रदर्शनी तथा बिक्री हुन्छ । सयपत्री, मखमली तथा अन्य सिजनल फूलका बिरुवा पनि प्रदर्शनीमा राखिएको एसोसिएशनले जनाएको छ । प्रदर्शनीमा पुष्प व्...

Source : https://ujyaaloonline.com/story/108114/2024/10/24/17th-godavari-flower-exhibition-started-in-jawalak