ललितपुर महानगरपालिकालाई १ लाख जरिवाना
काठमाडौं ।
काठमाडौँ. महानगरपालिकाले ललितपुर महानगरपालिकालाई १ लाख रुपियाँ जरिवाना तिराएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अस्पतालजन्य हानिकारक फोहोर फ्याकेपछि ललितपुर महानगरपालिकालाई कारबाही स्वरुप १ लाख रुपियाँ जरिवाना गरेको हो । कामपा वातावरण व्यवस्थापन विभागका निमित्त प्रमुख सरिता राईले हस्ताक्षर गरी ललितपुर महानगरपालिकालाई पत्र पठाएको हो ।
ललितपुर महानगरपालिकाले पत्र बुझेपछि फोहोरमैला व्यवस्थापन गर्ने आधिकारिक निकायका बारेमा प्रश्न गरेको थियो । सो विषयमा ललितपुर महानगरपालिकाले शहरी विकास मन्त्रालयसंग समेत फोहोर व्यवस्थापन गर्ने निकाय काठमाडौँ महानगरपालिका हो कि शहरी विकास मन्त्रालय भन्दै प्रश्न उठाएको थियो ।