लुम्बिनीमा नवनियुक्त तीन जना मन्त्रीले शपथ लिए

काठमाण्डाै – लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन जना मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गर्नुभएका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, वन तथा वातावरणमन्त्री देवकरण कलवार र आन्तरिक मामिला तथा कानूनमन्त्री आदेश अग्रवाललाई आज प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । नवनियुक्त मन्त्री तिमिल्सिना र कलवार नेपाली कांग्रेस तथा अग्रवाल जनता समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य हुनुहुन्छ । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित नेकपा (एमाले) का पाँच, कांग्रेसका पाँच ...

Source : https://ujyaaloonline.com/story/108127/2024/10/24/three-ministers-took-oath-in-lumbini