वायु प्रदूषण बढ्दो : प्लाष्टिक, कृषि अवशेष लगायत नजलाउन वातावरण विभागको अनुरोध

काठमाण्डौ – काठमाण्डौ उपत्यकालगायतका ठाउँमा वायु प्रदूषण बढेपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहाेर नजलाउन आग्रह गरेको छ । विभागले सुचना निकालेर हिउँदयाम लागेपछि वायु प्रदूषण बढ्दै जाने भन्दै त्यस्तो प्रदूषण नियन्त्रणका लागि सावधानी अपनाउन आग्रह गरेको हो । केही हप्तादेखि तराई क्षेत्रलगायत काठमाण्डौ उपत्यकामा वायु प्रदूषण बढेको छ । विभागका अनुसार उद्योग कलकारखाना र गाडीबाट निस्कने धुवाँ, वन डढेलो, खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलो लगायतबा...

Source : https://ujyaaloonline.com/story/109231/2024/11/25/increasing-air-pollution-