दाल तथा गेडागुडी आयातमा लाग्ने अग्रिम आयकरको दर घटाइयो

काठमाडौं– दाल तथा गेडागुडी आयात गर्दा भन्सारमा तिर्नुपर्ने अग्रिम आयकरको दर सरकारले घटाएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले केराउ, चना, सिमी, मास, राजमा, मुसुरो, बकुल्ला, रहर लगायत दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर तिर्नुपर्ने व्यवस्था गरेका थिए ।

त्यसलाई घटाएर मन्त्रिपरिषद्ले २.५ प्रतिशतमा झारेको छ । दाल तथा गेडागुडी आयातमा विगतदेखि नै १० प्रतिशत भन्सार दरबन्दी लाग्दै आएको छ । त्यसमा १० प्रतिशत अग्रिम आयकर थपिँदा उपभोक्ताको भान्सासम्म आइपुग्दा गेडागुडीको मूल्य निकै बढ्ने गरेको थियो ।

 

Source : https://onlinetvnepal.com/2024/11/186715/